कांग्रेस स्थानीय तह प्रचार उपसमितिमा अर्घाखाँचीबाट को-को परे ?

नेपाली कांग्रेसले देशैभरीका स्थानीय तह  निर्वाचनका लागि केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति गठन गरेको छ।

केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिमा अर्घाखाँचीबाट २ जना मनोनित भएका छन्।

मनोनित हुनेहरुमा ललिता सुनार र घनश्याम पाैडेल छन्। कांग्रेस स्थानीय तह केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा.प्रकाशसरण महतले गोबिन्द भट्टराईको संयोजकत्वमा उक्त उपसमिति गठन गरेका हुन्।

२२ चैतमा बसेको समितिको निर्णयअनुसार ७७ वटै जिल्लामा सदस्य रहनेगरी उपसमिति गठन गरिएको कांग्रेसले  जनाएकाे  छ।

प्रकाशित मिति: : 2022-04-07 06:22:00

प्रतिकृया दिनुहोस्