धनगढीबाट काठमाडौं उडेको बुद्ध एयरको विमान नेपालगञ्जमा अवतरण

File Photo
File Photo

बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्किम अवतरण गरिएको छ। धनगढीबाट काठमाडौंका लागि उडेको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको हो। 

नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो । विमानस्थलमै स्वास्थ्य जाँच गरिएको र उनको अवस्था ठिक रहेको बुद्ध एयरले जनाएको छ। 

नेपालगञ्जमा यात्रुलाई आफन्तको जिम्मा लगाइएको छ। 

प्रकाशित मिति: : 2022-04-06 12:52:00

प्रतिकृया दिनुहोस्