धनुषामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

File Photo
File Photo

धनुषाको मिथिला नगरपालिका–११ बाहुनमारामा मंगलबार बिहान जिपको ठक्कटरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहट चन्द्रनिगाहपुर नगरपालिका–५ का ५६ वर्षीय शेर बहादुर राई रहेका छन्।  

काठमाण्डौबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश १ ०२ ००२ च ५२६३ नम्बरको जिपले राई सवार ना ५२ प ५१३० नम्बरको मोटरसाइकललाई मंगलबार बिहान साढे ८ बजे ठक्कर दिएको थियो। 

ठक्कर दिने जिप सहित चालक ईलाका प्रहरी कार्यालय ढल्केबर धनुषाको नियन्त्रणमा रहेका छन्।

प्रकाशित मिति: : 2022-04-05 12:50:00

प्रतिकृया दिनुहोस्