माछा मार्न गएका युवक बेपत्ता

File Photo
File Photo

माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। मिक्वाखोला गाउँपालिका–२ का तिलबहादुर खोक्लिङका छोरा पर्वत खोक्लिङ नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रहरीका अनुसार उनी साथीहरूसँग माछा मार्न तमोर नदीमा गएका थिए। नदीले अचानक बगाएपछि उनका साथीहरुले खबर गरेका थिए। घटनाबारे खोज अनुसन्धान र बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। गए राति भएको उक्त घटनाबारे आज बिहान मात्र प्रहरीलाई खबर गरिएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक कैलाश राईले बताए।

प्रकाशित मिति: : 2022-04-04 13:04:00

प्रतिकृया दिनुहोस्