बाना निर्वाचनको मत सर्भैक्षण गरिदैँ, आजै साँंझ परिणाम सार्वजनिक हुने

बिएल संवाददाता

बाल्टिमोर, अमेरिका

अमेरिकाको बाल्टिमोरमा रहेको नेपालीहरूको संस्था बानाको भोलि आइतबार हुने चुनावको प्रि-इलेक्सन मत सर्भैक्षण गरिने भएको छ। सर्भेक्षण फोर्थ स्टेट नामक एक मिडिया अनुसन्धान संस्थाले गर्न लागेको हो।

संस्थाका अध्यक्ष जोसेफ विजयले एक स्टाण्टर्ड स्याम्पल साइजमा फोन गरेर तथ्यांक संकलन गरिने र त्यसैको आधारमा प्रि-इलेक्सन मत सर्भैक्षणको नतिजा शनिबार साँझ प्रकाशन गरिने बताएका छन्।

बानामा २०२२-२५ कार्यसमितिका लागि भोलि आइतबार चुनाव हुँदैछ। चुनावमा वर्तमान अध्यक्ष सुबोध विलास पन्त र वरिष्ठ उपाध्यक्ष हिरा लाल गुरुङ प्यानल बनाएरै चुनावमा होमिएका छन्। यसअघि निर्विरोध चुनिएका उनीहरू दुबै नेकपा एमालेको शुभेच्छुक संस्था प्रवासी नेपाली एकता मञ्चसँग आवद्ध मानिन्छन्।

पन्त अहिले प्रवासी नेपाली एकता मञ्चका संस्थापन पक्षका उम्मेद्वार भएका छन् भने गुरूङ वागी उम्मेद्वार भएका छन्। गुरूङले यसअघि नै पन्तले आफूलाई यसपटक अध्यक्षमा सघाउने वचन दिए पनि वचन तोडेको आरोप लगाएका छन् भने पन्तले राजनीतिमा वाचा कसमको अर्थ नहुने बताएर यसपटक पनि उम्मेद्वारी दिएको बताइन्छ।

प्रकाशित मिति: : 2022-04-02 22:30:00

प्रतिकृया दिनुहोस्