डिभिजन वन कार्यालय रौतहटमा व्यापक भ्रष्ट्रचार !

File Photo
File Photo

डिभिजन वन कार्यालय, रौतहटका निमित्त अधिकृत अमरदेव यादव, आपूर्ति समितिका बिमल ठाकुर र अधिकृत बैथनाथ मण्डललगायतका केही कर्मचारीले व्यापक भ्रष्टाचार गरेकाे चुरे तथा वन जङ्गल संरक्षण अभियानका संयोजक सूर्जकुमार यादवले बताएका छन्।

उनकाअनुसार अधिकृतले बाँसको कलमी बिरुवा खरिद गरेर बृक्षारोपण गर्नुपर्नेमा बिउ वाला बिरुवा खरिद गरी कलमी र बीउ वाला बिरुवा दुई वटै मिसाएर बृक्षारोपण गरेका हुन्।

अधिकृत बिमल ठाकुरले आफ्नो कार्यकालमा उपभोक्तालाई काठ वितरण गर्ने क्रममा घर नबनाउने उपभोक्तालाई पनि काठ वितरण गरेका छन। वनका केही कर्मचारीकाअनुसार तारबारकाे काम गर्दा ठाकुरले व्यापक अनिमिता गरेको बताएका छन्।

चुरे तथा वन जङ्गल संरक्षण अभियानका संयोजक सूर्जकुमार यादवले भने,‘हामीसँग रौतहट डिभिजन वन कार्यालयको निमित्त डेफो अमरदेव यादवको कार्यकालमा भएको भ्रष्टाचारको केही प्रमाण हामीसँग अहिले उपलब्ध छ। बाँकी प्रमाण एकठ्ठा गर्दैछौँ। चाडैं भ्रष्टाचारको सम्पूर्ण प्रमाण लिएर अख्तियारमा जाने तयारी छ।’

‘भ्रष्ट’ कर्मचारी रौतहट डिभिजन वन कार्यालयबाट भगाउनका लागि चुरे तथा वन जङ्गल संरक्षण अभियानले रौतहटमा चाँडै भण्डाफोर कार्यक्रम गर्ने बताएकाे छ।

प्रकाशित मिति: : 2022-04-01 17:52:00

प्रतिकृया दिनुहोस्