तनहुँमा १७ वर्षीया किशोरी बलात्कृत

File photo
File photo

तनहुँमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन्। 

ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भानु नगरपालिका–३ कालामाटा बस्ने लमजुङ दुधपोखरी गाउँपालिका–६ घर भएका २१ वर्षीय सनिल मगर रहेका छन्। उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। 

मगरले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तुरतुरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2022-04-01 15:38:00

प्रतिकृया दिनुहोस्