प्युठानमा बसको ठक्करबाट बालकको मृत्यु

File photo
File photo

प्युठानको नौबहिनी गाउँपालिका–४ मा शुक्रबार बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा स्थानीय टुकमान पुनका ८ वर्षीय छोरा सरोज रहेका छन्। 

बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा  मृत्यु भएको हो। 

लु १ ख ७०२१ नम्बरको बसले बाटोमा हिडीरहेका बालकलाई आज बिहान साढे ८ बजे ठक्कर दिएको हो। बस सहित चालकलाई इलाका प्रहरी कार्यालय बिजुवारले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: : 2022-04-01 15:33:00

प्रतिकृया दिनुहोस्