सुधारसँगै सेवा विस्तार गर्दै प्रादेशिक अस्पताल जनकपुर 

केही वर्ष अघिसम्म रेफर अस्पताल भनेर चिनिने प्रादेशिक अस्पताल जनकपुर सेवामा सुधार गर्दैै सेवा विस्तारमा जोड दिएको छ।

मधेश सरकार मातहत आएसँगै प्रादेशिक अस्पताल जनकपुरमा हुने क्रमिक सुधारले अस्पताल मधेश प्रदेशमै नमुना अस्पतालको रुपमा सर्वसधारणले लिन थालेको छ।

विशेषज्ञ चिकित्स, वेडको अभाव तथा कर्मचारीको उचित व्यवस्थापन नहुँदा अस्पतालले दिने सेवा लथालिङ बनेको थियो। तर, मधेश प्रदेश मातहत आएसँगै अस्पतालले दिने सेवादेखि सरसफाइमा सुधार आएको सर्वसधारणको भनाइ छ। प्रदेश सरकारले यसलाई पाँच सय बेडको बनाउने निर्णय गरे पनि अहिले चार सय बेडको सेवा दिँदै आएको छ।

प्रादेशिक अस्पताल प्रदेश सरकार मातहत आएपछि अस्पतालले आफ्ना सेवामा पनि विस्तार गरेको छ। दैनिक दुई देखि अढाई सयसम्म विरामी आउने प्रादेशिक अस्पतालमा अहिले साढे ६ सय सम्म दैनिक विरामी आउनुले पनि अस्पतालको  सेवामा सुधार भएको सहज रुपमा भन्न सकिन्छ।

प्रादेशिक अस्पताल जनकपुरका निवर्तमान मेसु डा. प्रमोद यादवले कार्यकालमा अस्पतालले करिब  एक दर्जन थप सेवा अस्पतालले विस्तार गरेको छ।

क्यान्सर ओपिडि सेवा सुरु, एनआईसी, आँखा विभाग, न्यूरो सर्जरी, युरोलोजी, नेट्रोलोजीलगायतका सेवा विस्तार गरेको छ। त्यसै समयमा अस्पताल नआउने कर्मचारी प्रवृतिलाई निरूसाहित गर्न अस्पतालमा वाइमेट्रिक हाजिर गर्नुपर्ने प्रवधान लगाएको नि.मेसु यादवले बताए।

सेवालाई चुस्तदुस्त बनाउन टोकन सिस्टम र माइकिङ लगायतका व्यवस्था गरिएको छ। इमरजेन्सि सेवालाई प्रभावकारी बनाउन एजडियु सेवा लागु गरेको बताउदै डा. यादवले भने, ‘पहिला इमरजेन्सी सेवा प्रभावकारी थिए। कुनै विरामी इमजेन्सीमा आउँदा समानको अभावमा उपचारमा कठिनाइ हुँदै आएको थियो। तर, अहिले इमरजेन्सीमा १० वेडको एजडीयु सेवा सुरु भएपछि अस्पतालले प्रदान गर्ने सेवामा व्यापक सुधाए आएको छ।’

समिति समयका लागि सञ्चालन हुने ल्याब सेवालाई अहिले २४औँ घण्टा सञ्चालन गरिरहेको उनले बताए। लामो समयदेखि लेष्क्रोकोपी मेसिन थन्काएर राखिएको थियो। तर, निर्वातमान मेसु यादवकै पालामा उक्त मेसिन सञ्चालनमा आएको छ। त्यसैगरी, गम्भीर प्राकृतिका शल्यक्रियाका गर्नका लागि तीनवटा मोडुलर ओटी कक्ष सञ्चालनमा ल्याइएको छ भने अपरान्ह ३ बजे बेलुका ५ बजे स्ट्यान्डर हेल्ड सर्भिस सेवा दिँदै आएको छ। यसले विभिन्न जिल्लाहरूबाट उपचार गराउन आएका विरामीलाई उपचारमा थप मद्दत पुगेको नि.मेसु यादवले बताए।

कोरोना महामारीको समयमा अस्पतालमा अक्सिजनको अभाव हुने गरेको र अक्सिजनको अभावमा विरामीको उपचार गर्न पनि कठिनाइ हुने गरेको अवस्थमा अहिले अस्पताल भित्रै अक्सिजन उत्पादन हुने प्लान्ट जडान गरिएको नि. मेसु यादवले बताए। निकट भविष्यमा एमआरआई मेसिन, क्याथ ल्याब सञ्चालनमा ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको उनले बताए। विरामी तथा कुरुवालाई ओहोरदोहर गर्न केही दिनमै दुई स्थानमा लिफ्ट लगाइने उनले बताए।

अस्पतालमा निस्किने फोहर व्यवस्थापनको लागि वेस्ट मेसिन जडान गरिएको छ भने विभिन्न स्थानमा खानेपानी व्यवस्थापन तथा शौचालयको समुचित व्यवस्थापन गरिएको डा.मेसु यादवले बताए।

प्रदेशिक अस्पताल जनकपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतका अस्पताल भएको बताउदै निवर्तमान मेसु यादवले भने, ‘मेलै आफ्नो क्षमता र हैसियतले अस्पतालमा व्यापक सुधार गरेका छौँ। यो अस्पताललाई प्रदेशस्तरको बनाउनमा प्रदेश सरकार सक्रियतापूर्वक लागेको छ।’

प्रतिष्ठानमा मेसु राख्ने प्रवधान नरहेकोले आफु एउटा चिकित्सकको रुपमा अस्पतालमै कार्यरत रहने उनले बताए।   

प्रकाशित मिति: : 2022-03-30 13:14:00

प्रतिकृया दिनुहोस्