दमकमा चोरीका घटना बढ्याे, स्थानीयबासी त्रसित

Symbolic photo
Symbolic photo

झापाको दमक-१० मा चोरीका घटना बढ्न थालेका छन्। गाउँ घरमा चोरीका घटनामा वृद्धि हुन थालेपछि स्थानीयबासीमा सन्त्रास छाएको।

गएराति दमक-१० का स्थानीय किसान खड्गप्रसाद न्यौपाने र हेमप्रसाद रिजालको खेतमा सिंचाईका लागि राखिएका २ थान मोटर चोरी भएका छन्।

चैते धान लगाइसकेका किसानको खेतबाट नै रातको समयमा मोटर चोरी भएपछि चैते धानमा पानी सिंचाई गर्न समस्या भएको पीडित किसान रिजालले गुनासो गरे।

३ हर्ज पावरको मोटर चोरी हुँदा आफूलाई २० हजार बढीको क्षति भएको रिजालने दुखेसो गरे। सिंचाई गर्ने मुख्य सिजनमा मोटर नै चोरी भएपछि धानबालीमा समस्या भएको किसानले गुनासो गरेका छन्।

यसैगरी केही दिनअघि मात्र दमक-१० न्यौपाने टोलका नवराज न्यौपाने र सेतुमारीस्थित धिमाल थरका अर्का एक व्यक्तिको किराना पसलमा पनि रातको समयमा चोरी भएको थियो।

प्रकाशित मिति: : 2022-03-28 13:59:00

प्रतिकृया दिनुहोस्