ललितपुरमा दुई दिनको शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु

ललितपुरको कोञ्ज्योसोम गाउँपालिका-४ नल्लुमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।

सोमबार बिहान ४ जना घरभित्र मृत अवस्थामा फेला परेकाे र दुई दिने शिशुको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ।

मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, २२ वर्षीय छोरा सुभाष स्याङताङ, २२ वर्षीया बुहारी सुष्मा स्याङताङ, नौ वर्षीय आशिष स्याङताङ र दुई दिनको नवजात शिशु रहेका छन्।

यस्तै २२ वर्षीय शुभ स्याङताङको गम्भीर अवस्थाका अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ।

घटनास्थलमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको टोली पुगेर अनुसन्धान थालेको छ।

प्रकाशित मिति: : 2022-03-07 11:55:00

प्रतिकृया दिनुहोस्