घरकाे फ्ल्याट नै भाडामा लिएर पाेखराकाे लेकसाइडमा कोठी सञ्चालन, ३ जना पक्राउ

पोखरामा देह व्यापारमा संलग्न गराएको अभियोगमा ३ जना पक्राउ परेका छन्।

पोखरा ६ लेकसाइडस्थित कोठा भाडामा लिएर वेश्यावृतिमा संलग्न गराइरहेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्रेको हो।

फोन सम्पर्कको आधारमा विभिन्न होटलहरूमा महिलाहरूलाई जबरजस्ती वेश्यावृत्ति कार्यमा संलग्न गराइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्रेको हो।

पोखरा ७ मुस्ताङ चोक स्थायी घर भई हाल पोखरा १७ रातोपहिरा बस्ने वर्ष ३० को नारायण पोखरेल, सिन्धुपाल्चोक चौतारा वडा नम्बर ६ ठूलीधारा स्थायी ठेगाना घर भई हाल पोखरा ६ जरेबर बस्ने वर्ष २२ की पुजा थापा मगर र बाँके चिसापानी ९ स्थायी घर भई हाल पोखरा ६ जरेबर बस्ने वर्ष २२ को विशाल योगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

उनीहरुलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसार पसार मुद्दामा कास्की जिल्ला अदालतबाट दिन ८ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-03-04 17:41:00

प्रतिकृया दिनुहोस्