दैलेखमा आगोमा जलेर आमा-छोराको मृत्यु   

Symbolic photo
Symbolic photo

दैलेखको ठाटीकाँध गाउँपालिका–१ लकान्द्रास्थित बाबुलाल बादीको घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाबुलालकी श्रीमती ४० वर्षीया हरिकला बादी र छोरा १८ वर्षीय रमेश बादी रहेका छन्।

चुलोबाट आगो सल्किएर आगलागी हुँदा घरभित्र सुतिरहेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

आगलागीका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2022-03-04 16:41:00

प्रतिकृया दिनुहोस्