१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेकाे छ।
झापाकाे गौरिगंज गाउँपालिका-२ कोरोबारी बस्ने २४ वर्षीय देव कुमार राजबंशी र २२ वर्षीय प्रमोद राजवंशीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हाे।
खेतमा पराल लिन गएको मौकामा उनीहरूले ती किशोरीलाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको प्रहरी ले बताएकाे छ।
प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
त्यसैगरी आफ्नै १४ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहाकाे धनगढीमाई नगरपालिका-१२ कुशमाहा बस्ने ३२ वर्षीय पुरुषलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
घरमा कोही नभएको अवस्थामा ती पुरुषले आफ्नै छोरीलाई बिहीबार साँझ जबरजस्ती करणी गरेको प्रहरी जनाएकाे छ।
उनलाई ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। घटनाकाे सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।