किशोरीलाई स्यानेटरी प्याड उपहार !

बाजुराकाे बडीमालिका नगरपालिका-२ र ४ नम्बर वडाका ८ सय किशोरी र महिलालाई स्यानेटरी प्याडसहित स्वास्थ्य सुरक्षा र सरसफाइ सामग्री सहयोग गरिएको छ।

बडीमालिका नगरपालिकाका उपमेयर कविता विष्टका अनुसार किशोरीलाई महिनावारीका बखत स्वास्थ्य सुरक्षा अपनाउन सहज हाेस् भनेर स्यानेटरी र स्वास्थ्य सरसफाइका सामग्री वितरण गरिएको हाे।

बडीमालिका नगरपालिकाको समन्वय र मानवीय सेवामा अनेकौ प्रयास कैलालीको सहयोगमा नगरपालिकाका प्याड  वितरण गरिएको हो।  

वडा नम्बर ८ मा बुधबार सात लाख ५० हजार बराबरको  र वडा नम्बर २ मा तीन लाख बढीको प्याड, नुहाउने साबुन, ब्रस लगायका सामग्री वितरण गरिएकाे हाे।

बडीमालिका नगरपालिका–२ र ८ वडालाई मार्च ८ मा छाउपडी गोठमुक्त घोषणा गर्ने कार्यक्रम तय भइसकेकाे छ। 

प्रकाशित मिति: : 2022-03-04 08:38:00

प्रतिकृया दिनुहोस्