देशभर पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप तीन जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार ८७४ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७७ हजार १९९ पुगेको छ। एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार हजार ४५७ रहेको छ। पछिल्लो समय थप ३२१ सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५७ हजार ४८८ पुगेको छ।
हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४१ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप तीन जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। यस सङ्क्रमणबाट मृत्यु हुने दर १।२ प्रतिशत रहेको छ।
त्यसैगरी पछिल्लो समय ३५ हजार ७८८ ले खोप लगाएको मन्त्रालयले जनाएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ७७० रहेका छन्। हाल होम आइसोलेसनमा सात हजार ५८० रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेसनमा १९० आइसीयुमा ६८ र भेन्टीलेटरमा १० जनाले उपचार गराइरहेका छन्।