काठमाडौंको बुढानीलकण्ठमा जुम्ला ताताेपानीका मानबहादुर राउत मृत अवस्थामा फेला परेका छन्।
काठमाडौंमा बसेर ज्यालामजदुरी गर्दै आएका राउत मंगलबार मृत अवस्थामा फेला परेका हुन्।
राउतको टाउकोमा चोट देखा परेको प्रहरीले जनाएकाे छ। महानगरीय अपराध महाशाखाले घटनाको अनुसन्धान थालेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।