मूल प्रवाहको आठौं राष्ट्रिय सम्मेलनः नयाँ नेतृत्व चयन

बिएल संवाददाता

फरीदावाद, भारत

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं राष्ट्रिय सम्मेलन भारतको फरीदावादमा सम्पन्न भएको छ। फाल्गुन १५ देखि सुरूभएको सम्मेलन बन्द सत्रपछि मंगलवार सम्पन्न भएको हो।

भारतस्थित प्रवासी नेपालीहरूको संगठनको सम्मेलनमा गणतन्त्र र राष्ट्रियताको रक्षा प्रवासमा रहेका नेपालीहरूको मताधिकार एव् समानुपातिक प्रतिनिधित्वको हकहित सुनिश्चितका लागी व्यापक छलफल भएको छ। 

भारत प्रवासमा बसाेबास गर्ने नेपालीहरूको अनेकाैँ समस्याको बारेमा बोल्ने एकमात्र संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रहेको प्रतिनिधिहरूले जनाएका छन्।   

सम्मेलनले ठाकुर खनालको अध्यक्षतामा ७५ जनाको केन्द्रिय समिति निर्वाचित गरेको छ। जसको उपाध्यक्ष कपील खनाल, हिरासिंह चन्द र प्रेम पौडेल, महासचिव कुलबहादुर थापा, सचिवमा बेद बहादुर कार्की, त्रिभुवन भटराई, प्रेम सापकाेटा कोषाध्यक्षमा मदन शर्मालगायतका ४७ पूर्ण, १५ सदस्य बैकल्पिक र १५ सल्लाकार रहेका छन्। 

प्रवासी नेपालीहरूको अभिभावकको रूपमा रहेको एकता समाजको उद्धघाटन राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले गरेका थिए। समारोहमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु कुमार क्षेत्री, अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष कृष्णराज पाण्डे, अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरवराज रेग्मी, अखिल (छैटौं)का केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवर, जातीय समता समाजका केन्द्रीय अध्यक्ष तथा राष्ट्रियसभा सदस्य राजेश विक, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकि, साउदी अरब नेपाली एकता समाजका अध्यक्ष राजकुमार धिताललगायत बाेलेकाे बताइएकाे छ।

कार्यक्रममा भारतीय कम्युनिष्ट पार्टी माले रेडस्टारका उर्मिला र जनमोर्चाका विभिन्न जनवर्गीय संगठनका नेताहरूकाे उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2022-03-01 18:51:00

प्रतिकृया दिनुहोस्

    उद्घाटन मूलप्रवाह का केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले गर्नुभएको हो। सम्मेलनले ठाकुर खनालको अध्यक्षतामा ७७ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको छ परिषद सदस्य हरु २१५ जना छन चित्र बहादुर केसीजीले उद्घाटन गर्नुभएको हैन सच्चाउनु होला

    • 3 बर्ष अगाडि
    • Khim Raj chalise