महाशिवरात्रिः पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (लाइभ)

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना गर्ने दर्शनार्थीकोको बिहानैदेखि घुइँचो लागेको छ।

हजाराैँ भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गरिसकेका छन्। उतिकै संख्यामा भक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शनको प्रतीक्षामा छन्।

वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन्।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने शिवरात्रि शिवको पूजा–आराधना गरी आज देशभर मनाइन्छ।

शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ। शिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ।

प्रकाशित मिति: : 2022-03-01 09:02:00

प्रतिकृया दिनुहोस्