नेपालको प्रतिनिधिसभाले १२ बुँदे व्याख्यात्मक घोषणासँगै एमसीसी अनुमोदन गरेको केही घण्टा पनि नबित्दै अमेरिकाले यसलाई सकारात्मक रूपमा लिएको जनाएको छ।
काठमाडौंस्थित अमेरिकी दुताबासले एक विज्ञप्ती जारी गर्दै 'अब ५ वर्षीय कार्यक्रम (एमसीसी सम्झौता) कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको' जनाएको छ।
‘एमसीसी सम्झौता अनुमोदन गर्ने या नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैं नेपाल सरकारको हातमा थियो, भनिएको विज्ञप्तिमा अगाडि लेखिएको छ ‘ हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै कम्प्याक्टलाई अनुमोदन गर्ने संसद्को आजको निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनेछ र ढुवानी खर्च घट्नेछ ।’
हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै कम्प्याक्टलाई अनुमोदन गर्ने संसद्को आजको निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनेछ र ढुवानी खर्च घट्नेछ ।
दूताबासको यो प्रारम्भिक प्रतिक्रियासँगै अमेरिकाले १२ बुँदे व्याख्यात्मक घोषणालाई सकारात्मक रूपमा लिएको बु्झिएको छ।
यो प्रतिक्रियासँगै प्रतिनिधिसभाले गरेको १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले सकारात्मक रूपमा लिदैन कि भनेर उठेको एक किसिमको संशयको बादल पनि हेटेको छ।