सुनसरीको कोशी गाउँब्लकमा जग्गा धनी प्रमाण पूर्जा वितरण

Symbolic photo
Symbolic photo

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सुनसरीको कोशी गाउँपालिकामा रहेका गाउँब्लकका २८ घर परिवारलाई आज लालपूर्जा वितरण गरेकी छन्। 

आज आयोजित एक कार्यक्रममार्फत जग्गाधनी प्रमाण पूर्जा वितरण गर्दै उनले जिल्लाका सबै गाउँब्लकमा लालपूर्जा वितरण प्रक्रिया अघि बढाइएको बताइन्।

मन्त्री श्रेष्ठले आफूले मन्त्रालय सम्हालेपछि प्रविधिको प्रयोगमा जोड दिएको, नक्साको मूल्य घटाउन लागिएको, जग्गाको लेखापढीमा जथाभावी रूपमा रकम लिने पद्धति रोक्न काम शुरु गरेको र मुक्त हलिया, कमलरी, कमैयाको वस्तविकता अध्ययन गर्न गरी समस्या समाधान गर्न काम शुरु गरेको बताइन्।

हालसम्म गाउँब्लकका १४ हजार भन्दाबढी घरपरिवारलाई लालपूर्जा वितरण गरिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।

मन्त्रालयले २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रूपमा राखिएका र जग्गा भएर पनि लालपूर्जा विहिन बनिरहेका नागरिकलाई लालपुूर्जा वितरण अभियानलाई तीव्र बनाएको छ। 
 

प्रकाशित मिति: : 2022-02-25 21:08:00

प्रतिकृया दिनुहोस्