एमाले अध्यक्ष ओली पोखरामा

File photo
File photo

कपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा आएका छन्।

एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा भाग लिन अध्यक्ष ओली दिउँसो १२ बजे पोखरा आएका हुन्। उनलाई पोखरा विमानस्थलमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य किरण गुरुङलगायतले स्वागत गरे।

अध्यक्ष ओलीले पोखरामा जनता समाजवादी पार्टीका नेताहरु गणेशमान गुरुङ, दुर्गा सुवेदीलगायत विभिन्न पार्टीबाट सयौं नेता कार्यकर्तालाई एमाले प्रवेश गराउने कार्यक्रम छ।

अध्यक्ष ओलीले तहको निर्वाचनको पूर्व तयारीका सन्दर्भमा प्रशिक्षणमुलक मन्तव्य दिने कार्यक्रम छ।

प्रकाशित मिति: : 2022-02-25 12:46:00

प्रतिकृया दिनुहोस्