एमसीसी खारेजीको माग गर्दै १३ दलद्वारा विरोध प्रदर्शन

एमसीसी खारेजीका लागि १३ दलहरुले  चन्द्रागिरिमा संयुक्त विरोध प्रदर्शन गरेका छन्।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा नेकपा (क्रान्तिकारी माओवादी) राष्ट्रिय प्रजातन्त्र पाटी,नेकपा कम्युनिस्ट पाटी (विप्लप) ,नेकपा माले, नेपाल राष्ट्रिय पाटी लगायतको १३ दलहरुले  काठमाण्डौ.को चन्द्रागिरि चेकपोष्टबाट र्यौली सहित विरोध प्रर्दशन गरेका हुन्।

कार्यक्रममा राष्ट्रघाती एमसीसी खारेज गर, नो एमसीसी, वैदेशिक हस्तक्षेप बन्द गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, अमेरिकी साम्राज्यवादविरूद्ध राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ लगायतको नारा लगाईएको थियो।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता देवकृष्ण महर्जनले राष्ट्रिय सहमती र सहकार्यले मात्र एमसीसी परियोजना अगाडि नबढाई एकतर्फी तवरले मात्र अगाडि बढाउने षडयन्ज्ञ भक्ष्रहेको बताए। एमसीसी परियोजनाविना संसोधन राष्ट्रघाती हुने उनको जोड थियो।
 
नेकपा एकीकृत समाजवादी नेता प्रल्हादबहादुर कार्कीले राष्ट्रघाती एससीसीको विपक्षमा आफ्नो दल रहेको भन्दै शैन्य रणनितिको बलवुतावमा आउन लागेको एमसीसी जनताले खारेज गरेरै देखाउने बताए।

राष्ट्रिय जनमोर्चाका नेता झविन्द्र बेलवासेले विरोध तथा खबरदारी सभालाई सम्बोधन गर्दै एमसीसी परियोजना नेपालको हितविपरीत रहेको भन्दै खारेजी हुनुपर्ने बताए। 

मुलुकमा व्याप्त भ्रष्टाचार न्यूनीकरण गर्न सके देशको विकासका लागि विदेशीको मुख ताक्नुपर्ने अवस्था नआउने नेता बेलवासेको भनाइ थियो।

एमसीसी परियोजना खारेज गरेर भ्रष्टाचार नियन्त्रण गर्नेतर्फ लाग्नुपर्नेमा उनले बताए।

राष्ट्रिय प्रजातन्त्र पाटीका नेता देवेन्द्र प्रधानले एमसीसी परियोजना कार्यान्वयनमा आए मुलुकको राष्ट्रियता र स्वाधीनतामा गम्भीर असर पर्ने बताए। उनले एमसीसी परियोजना खारेज नभएसम्म आम जनसमुदायले खबरदारी जारी राख्नुपर्ने आवश्यकता औँल्लाए।

नेकपा (क्रान्तिकारी माओवादी) का नेता सुरेश तामाङले विकास निर्माणका नाममा साम्राज्यवादी सर्त स्वीकार गर्न नसकिने बताए। 

उनले ५०÷६० अर्ब रुपैयाँका लागि नेपालको सार्वभौमिकतामाथि आँच आउने काम कुनै पनि हालतमा हुन नहुने बताए। 

नेपाल राष्ट्रिय पाटीबाट विष्णुभक्त गोपालीले एमसीसी परियोजना संसद्बाट कुनै पनि हालतमा पास गर्न नहुनेमा जोड दिए।
 

प्रकाशित मिति: : 2022-02-23 19:23:00

प्रतिकृया दिनुहोस्