प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटार जारी भेटवार्ता सकिएको छ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई साक्षी राखेर देउवा-ओलीबीच एमसीसीबारे निर्णायक वार्ता भएको बताइएको छ।
ओलीनिकट स्राेतका अनुसार अमेरिकी राजदूतलाई एमसीसी सम्झौता संसदबाट दुई तिहाइ बहुमतले पारित गराइदिने वचन दिएर एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन्।