मदिरा ब्यावसायी अग्रवाल पक्राउ

Symbolic photo
Symbolic photo

काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन्। चारवटा बैंकको ऋण डुबाएर भागेका उनी केही समयपछि फर्किएका थिए।

उनले पत्रकार सम्मेलन गरेर 'आफ्नो सम्पत्तिबाट बैंकको ऋण तिर्न सक्ने अवस्था रहेको' बताएका थिए। यहीबीच उनलाई उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो। व्यवसायी संजय अधिकारी र टंकशम्शेर जबराको चेक बाउन्स भएपछि उजुरीका आधारमा उनी पक्राउ परेका हुन्।

अधिकारी 'रेमण्ड सर्टिङ सुटिङ' का आधिकारिक बिक्रेता हुन्। उनको ५० लाख रुपैयाँको चेक नसाटिएको हो। टंक शम्शेर जबराको डेढ करोड रुपैयाँको चेक नसाटिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अग्रवाललाई नियन्त्रणमा लिएको हो। केही दिनअघि अग्रवाललाई बैंकिङ कसुरको अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अदालतबाट बैंकिङ कसुर मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

'हाम्रो टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। बैकिङ कसुरमा नियन्त्रणमा लिएको हो,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी हरिबहादुर पालले भने।

पुस २२ गते अमितसहित उनका परिवारका ९ सदस्य फरार भएका थिए। आयात गरेको मदिरा बिक्री गरेर पनि बैंकको पैसा तिर्न छाडेपछि दुई बैंकले उनको पसल 'सिज' गरेको थियो। त्यसपछि उनी फरार भएका थिए।

प्रकाशित मिति: : 2022-02-21 13:31:00

प्रतिकृया दिनुहोस्