बाँकेमा ट्रकले च्यापिएर प्रहरीकाे मृत्यु

File Photo
File Photo

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर चौराहमा आइतबार राति ट्रक पल्टीदा च्यापिएर डियुटीमा खटिएको प्रहरी कर्मचारीको मृत्यु भएको छ।

मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ बर्षीया प्रहरी जवान कविता वि.सी रहेकी छन्।

शम्सेरगंजबाट कौशिलानगर बाँकेतर्फ जाँदै गरेको ना३ख ६४३६ नम्बरको ट्रक कोहलपुर चौराहमा मोड्ने क्रममा पल्टीदा वि.सी च्यापिएकी थिइन्।

घाइते भएकी वि.सीको उपचारको क्रममा कोहलपुरस्थित नेपालगंज मेडिकल कलेजमा आइतबार राति सवा १० बजे मृत्यु भएको हो। 

गएराती १० बजे भएको सवारी दुर्घटना लगतै फरार भएका ट्रक चालकको खोजी भइरहेको छ।

प्रकाशित मिति: : 2022-02-21 10:43:00

प्रतिकृया दिनुहोस्