'हामीले नेपाली नेताहरूलाई धम्क्याएका छैनौं' 

अमेरिकी राजदूत र्‍यान्डी बेरी एमसीसी पारित गराएर आफ्नो कार्यकालको सुखद् अन्त गर्न चाहन्छन्। तर, पछिल्लो समय एकातिर उनको कार्यकालको समय छोटिरहेको छ भने अर्कोतिर एमसीसी थप दलदलमा फसिरहेको छ। 

यही क्रममा उनले माघ २७ गते दक्षिण तथा मध्यएसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुलाई प्रधानमन्त्री शेरबहादुर देउबा, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई फोन गर्न लगाए। लुको फोन आउनु अगाडि बेरीले तीनैजना नेतालाई फोन गरेर के विषयमा फोन संवाद हुन लागेको भनेर विषयको समेत अवगत गराए।

फोन संवादमा लुले जे भने भनेर देउबा, प्रचण्ड र ओलीलाई उदृत गर्दै समाचार बाहिर आयो, त्यो भाषा प्रिय थिएन। त्यो भाषा कूटनीतिक मर्यादाभित्र थिएन। एमसीसी पारित नगरे त्यसलाई चीनको हस्तक्षेप ठान्ने र भ्रष्टाचार, मानवअधिकारको प्रश्नसँग जोड्ने कुरा एक किसिमको धम्की नै थियो। उनले नेपाल-अमेरिका सम्बन्धमाथि पुन: विचार गरिने कुरा पनि गरेका थिए, त्यो भने अमेरिकाको खुशीको कुरा हो, त्यसो भनेकोमा चाँहि टाउको दुखाउनु पर्दैन। 

यो फोन संवादको भाषालाई लिएर नेपालमा ठूलै मात्राको विरोध भयो जसको अपेक्षा राजदूत बेरीले गरेका थिएनन्। परिस्थिति यस्तो बन्यो कि उनी नेपालका कूटनीतिक बिटमा काम गर्ने पत्रकारका साथ आउन बाध्य भए।

राजदूत बेरीको प्रयत्न यो संवादमा सहभागी भएकाको भन्दा पनि सञ्चार माध्यमहरू यो समाचारलाई भ्रामक बनाउन लागिपरेको भनेर विषयान्तर गर्नु थियो। यसलाई उनले लिएको एक किसिमको रक्षात्मक कदम हो भन्न कुनै गाह्रो छैन। यसले उनको लु फोन संवादको रणनीतिले पनि काम नगरेको देखाउँछ।

कार्यक्रममा राजदूत बेरीले 'हामीले नेपाली नेतालाई धम्की दिएका छैनौं, यो कुरा असत्य हो’ मात्र भनेनन्, नेताहरूलाई धम्की दिएको सूचना नै गलत भएको जिकिर पनि गरे। उनले अमेरिकाले नेपाली नेताहरूसँग छलफल गरिरहेको जानकारी दिदै ‘तर पछिल्लो हाम्रो छलफल केही सञ्चारमाध्यम र अनलाइनमा चित्रण गरिएको बहस जस्तो पक्कै नभएको बताए।

बेरीले दुर्भाग्यवश एमसीसी विकास कार्यक्रम भ्रामक सूचनामा फसेको भन्दै उनले अगाडि भने, ‘सो भ्रामक सूचना एक यस्तो कार्यक्रमका विरुद्ध लक्षित छ जुन पारदर्शिता, जवाफदेहिता र लोकतन्त्रमा आधारित छ। त्यसको विपक्षमा को हुनसक्छ?’

बेरीले अमेरिका र नेपालबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो भएको बताउँदै यो वर्ष नेपाल–अमेरिका बीचको सम्बन्धको ७५औं वर्ष रहेको उल्लेख गरे। उनले अगाडि भने, ‘यी वर्षहरूमा नेपालले धेरै ऐतिहासिक र अविश्वसनीय परिवर्तनहरू देखेको छ।‘

राजदूत बेरीको प्रयत्न यो संवादमा सहभागी भएकाको भन्दा पनि सञ्चार माध्यमहरू यो समाचारलाई भ्रामक बनाउन लागिपरेको भनेर विषयान्तर गर्नु थियो। यसलाई उनले लिएको एक किसिमको रक्षात्मक कदम हो भन्न कुनै गाह्रो छैन। यसले उनको लु फोन संवादको रणनीतिले पनि काम नगरेको देखाउँछ।

राजदूत बेरी नेपालका लागि अमेरिकाका राजदूत हुन्। त्यसैले उनले लिएका हरेक कदम अमेरिकाले लिएका कदम हुन् । यस कोणबाट हेर्दा, अमेरिकी कूटनीति एमसीसीलाई सहज बनाएर अगाडि बढाउन असफल भएको त हैन ? भन्ने प्रश्न उठेको छ। यसरी प्रश्न उठ्नु राजदूत बेरीका लागि मात्रै हैन, अमेरिकाका लागि पनि शुभ हैन। 

एमसीसी अहिले जुन विन्दुमा आएर अड्किएको छ, अहिले नै यसै भन्न सकिदैन । यद्यपि, नेपालमा पछिल्लो समय छिटोछिटो गतिमा जे जस्ता घटनाक्रमहरू विकसित भैरहेका छन् , त्यसले एमसीसी पारित हुने सम्भावनालाई नै बल पुर्याएको छ। यद्यपि, रात रहे अग्राख पलाउँछ भन्छन्, त्यसैले अहिले नै यसै भन्न सकिने स्थिति छैन।

प्रकाशित मिति: : 2022-02-15 06:55:00

प्रतिकृया दिनुहोस्