बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बर्दियामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका ९ बस्ने धनबहादुर चौधरी रहेका छन्।

उनको नेपालगजञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए। घाइते सोही ठाउँकै मोटरसाइकल चालक मंगल शाहीको भने मेडिकल कलेजमै उपचार भइरहेको छ।

बारबर्दिया नगरपालिका ८ रम्बापुरमा पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको कर्णाली प्रदेश २-००१ प २४६१ नं. को मोटरसाईकल अनियन्त्रित भई सडकमा रोकिराखेको जेसिबीसँग ठोकिएर दुर्घटना भएको शाहीले बताए।

यो दुर्घटना हिजो (आइतबार) साँझ भएको हो। प्रहरीले जेसिबी चालक बारबर्दिया नरपालिका ८ बस्ने बसन्त भण्डारीलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: : 2022-02-14 17:49:00

प्रतिकृया दिनुहोस्