मोरङको उर्लाबारीमा छोराले दाउराको चिर्पट प्रहार गरेर आफ्नै आमाको हत्या गरेका छन्।
उर्लाबारी नगरपालिका–४ आइतबारेस्थित घरमै हिजो बेलुका ४:३५ बजेतिर घरायसी विवादका क्रममा ३५ वर्षीय गंगाप्रसाद भण्डारीले आमा ७० वर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिर्पटले प्रहार गरेका थिए।
गम्भीर घाइते आमा भण्डारीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारका क्रममा राति १०: २५ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए।
हत्या गर्ने गंगाप्रसाद अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको प्रहरीले जनाएको छ।