नेपालबाट हङकङ उडानमा प्रतिबन्ध

File photo
File photo

हङकङले नेपालबाट हुने उडानमा प्रतिबन्ध लगाएको छ। 

कोरोना महामारीको प्रकोप बढ्दै गएको भन्दै हङकङ सरकारले नेपालसहित ८ देशबाट आउने उडानमा  ४ मार्चसम्म प्रतिबन्ध लगाएको हो। 

समाचार संस्था रोयटर्सका अनुसार नेपालसहित उडानमा प्रतिबन्ध लगाएका अन्य देशहरूमा संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्स छन्।

प्रकाशित मिति: : 2022-02-11 21:53:00

प्रतिकृया दिनुहोस्