जिल्ला अस्पतालबाट ६ महिनामा ४० हजार लाभान्वित

File photo
File photo

जिल्ला अस्पताल लमजुङबाट ६ महिनाको अवधिमा करिब ४० हजार नागरिकले स्वास्थ्य सेवा लिएका छन्। आर्थिक वर्ष २०७८र७९ को साउनदेखि पुस महिनासम्म ३९ हजार ६ सय ५१ जनाले सेवा लिएका हुन्।

अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार चालु वर्षको ६ महिनासम्म २७ हजार ७ सय ८४ जनाले बहिरङ्ग सेवा लिएका छन्। ४ हजार ७ सय ७७ जनाले आकस्मिक सेवा, ६ सय ५८ जनाले प्रसूति सेवा, ७ सय ८० जनाले दन्त सेवा, १ हजार ७ सय ३८ जनाले आँखाको सेवा लिएका छन्। यसैगरी २ हजार ७ सय २० जना भर्ना भएका तथा १ हजार १ सय ९४ जनाले शल्यक्रिया सेवा लिएको प्रमुख श्रेष्ठले बताए।

६ महिनाको अवधिमा ५ वर्ष मुनिका २ हजार ८ सय ७६ जनाले सेवा लिएका छन्। १ हजार ७ सय ४ जनाले कोभिड परीक्षण गरेका छन्। यस्तै गत वर्षमा जिल्लाका विभिन्न ठाउँका ५७ हजार ७ सय ७८ जना सेवा लिएका थिए । सेवा लिने मध्येमा ४० हजार २ सय ७१ जनाले बहिरङ्ग सेवा लिएका थिए। ६ हजार ६ सय ९५ जनाले आकस्मिक सेवा लिएका छन्।

गत वर्षमा ४ सय ७० जनाले दन्त सेवा, ३ हजार २ सय ३० जनाले आँखा सेवा, १ हजार १ सय ७१ जनाले प्रसूति सेवा, २ हजार १ सय २४ जनाले शल्यक्रिया सेवा लिएका थिए। ३ हजार ८ सय १७ जना भर्ना भएर बसेको प्रमुख श्रेष्ठको भनाई छ।

यसैगरी ५ वर्ष मुनिका ३ हजार २ सय ९८ जनाले सेवा लिएका थिए। गत वर्ष कोरोना संक्रमणका कारण अस्पतालमा उपचार तथा चेकजाँचका लागि आउने बिरामी संख्यामा कमी भएको तर हाल कोरोना जोखिम कम भएकाले सेवा लिनेको संख्यामा वृद्धि भएको हो।

यस्तै आर्थिक वर्ष २०७६र०७७ मा अस्पतालमा ५५ हजार २ सय ४५ जनाले बहिरङ्ग सेवा लिएका थिए। भर्ना भएका ४ हजार १ सय ६८ जना, आकस्मिक सेवा लिएका विरामी संख्या १० हजार ४ सय ७५ जना, गर्भवती सेवा १ हजार १ सय २३ जना, सर्जरीतर्फको सेवा १ हजार ४ सय ९ जना, यूएसजी सेवा लिनेको संख्या ६ हजार ८ सय ६३, ईसिजी सेवा दिनेको संख्या २ हजार ४ सय ४९ थियो।

एक्सरे गर्नेको संख्या १६ हजार ५ सय ४१, आँखाको बिरामीको संख्या ३ हजार ५ सय २७, दाँतको बिरामीको संख्या १ हजार ४ सय २, मनोवैज्ञानिक परामर्श ९ सय ८० जनालाई दिइएको थियो।

प्रकाशित मिति: : 2022-02-09 20:04:00

प्रतिकृया दिनुहोस्