मुल्यबृद्धिको साइड इफेक्ट : पोखरामा गाडी तान्दै, बाइक घचेट्दै चलाइयो

Breaknlinks
Breaknlinks

पेट्रोलियम पदार्थमा सरकारले मुल्यबृद्धि गरेसँगै चर्को विरोध सुरु भएको छ। देशव्यापी विरोध स्वरुप पोखरामा पनि गाडी तान्दै, बाइक घचेट्दै विरोध गरिएको छ।

एमालेको भातृसंस्था युवा संघले सांकेतिक विरोध गरेको हो।  चिप्लेढुंगादेखि महेन्द्रपुलसम्म बिहीबार अपराह्न गाडी तान्दै, बाइक घचेटेर मुल्यवृद्धिको विरोध प्रदर्शन गरिएको हो।

युवा संघका कार्यकर्ताहरुले गाडीलाई डोरीले तान्दै र मोटरसाइकललाई डोर्‍याउँदै युवाहरुले मूल्यवृद्धिको विरोध गरेका थिए। चिप्लेढुंगादेखि गाडी र मोटरसाइकल तान्दै र घचेट्दै युवाहरुको जुलुस महेन्द्रपुलमा पुगी कोणसभामा परिणत भएको थियो । जुलुसका सहभागी युवाले मूल्यवृद्धि फिर्ता गर, जनताले सिटामोल कहिले पाउँछन्, स्थानीय तहको निर्वाचन गर, २४ लाख खोप खोई रु लगायत नारा अंकित प्लेकार्ड प्रदर्शन गरेका थिए।


प्रकाशित मिति: : 2022-02-03 19:45:00

प्रतिकृया दिनुहोस्