जेठ ४ गते एकै चरणमा स्थानीय तहको चुनाव गर्न सरकार र निर्वाचन आयोगबीच सहमति

सरकारले आगामी २०७९ जेठ ४ गते एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने भएको छ।

सरकार र निर्वाचन आयोगबीच जेठ ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्ने विषयमा समझदारी बनेको हाे।

मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आयोग पदाधिकारीबीच भएकाे छलफलमा एकै चरणमा चुनाव गर्ने सहमति जुटेको हो।

प्रधानमन्त्री देउवाले एकैचरणमा चुनाव गर्नेगरी तयारी थाल्न आयोगलाई निर्देशन समेत दिएका छन्।

प्रकाशित मिति: : 2022-02-01 17:00:00

प्रतिकृया दिनुहोस्