रास्वपा सांसदले बहिष्कार गरे संसद बैठक

Break n Links
Break n Links

संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठक रास्वपा सांसदले बहिष्कार गरेका छन्।

सभामुखले रास्वपा सांसदहरूको अवरोधका बीच सदन चलाएपछि रास्वपा सांसदहरू बैठक बहिष्कार गर्दै संसद बैठकबाट बाहिरिएका छन्।

रास्वपा सांसदले आकस्मिक समयमा बोल्नका लागि समय माग गरेका थिए। तर, सभामुखले समय दिएनन्। सभामुखले आकस्मिक बोल्नुपर्ने घटनाक्रमहरू नभएको र रास्वपाका सांसदलाई आकस्मिक लाग्दैमा सबै विषय आकस्मिक नहुने बताउँदै संसद बैठक अगाडि बढाएका थिए।

सभामुखले पेलेर सदन चलाउन थालेपछि रास्वपा सांसदहरूले १५ मिनेटका लागि संसद बैठक बहिष्कार गरेका हुन्।

प्रकाशित मिति: : 2025-01-31 13:42:00

प्रतिकृया दिनुहोस्