फेरि संसदमै फर्किए रास्वपा सांसदहरू

Break n Links
Break n Links

प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा सभामुखले बोल्न समय नदिएको भन्दै संसद बैठक बहिष्कार गरेका रास्वपा सांसदहरू फेरि संसदमै फर्किएका छन्।

रास्वपा सांसदले आकस्मिक समयमा बोल्नका लागि समय माग गर्दा सभामुखले समय नदिएपछि उनीहरूले १५ मिनेटका लागि संसद बैठक बहिष्कार गरेका थिए। १५ मिनेटपछि उनीहरू पुनः संसद बैठकमा फर्किएका छन्।

रास्वपा सांसदले आकस्मिक समयमा बोल्नका लागि समय माग गरेका थिए। तर, सभामुखले समय दिएनन्। सभामुखले आकस्मिक बोल्नुपर्ने घटनाक्रमहरू नभएको र रास्वपाका सांसदलाई आकस्मिक लाग्दैमा सबै विषय आकस्मिक नहुने बताउँदै संसद बैठक अगाडि बढाएका थिए।

भिडियो-

प्रकाशित मिति: : 2025-01-31 14:08:00

प्रतिकृया दिनुहोस्