कीर्तिपुर नगरपालिका भवनभित्र एक व्यक्ति मृत भेटिए

File Photo
File Photo

काठमाडौंकाे कीर्तिपुर नगरपालिकामा एक जना व्यक्ति मृत भेटिएका छन्। नगरपालिकाको एक कोठामा गएराति सुतेका रामेछापका ३६ वर्षीय शंकर खत्री मृत अवस्थामा भेटिएका हुन्।

खत्री कीर्तिपुर नगरपालिका- १० स्थित नगरपालिकाको नयाँ भवनमा रंगरोगनको काम गर्दै आएकाे महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिएका छन्।

एक महिनादेखि उनी त्यहीँ बस्दै आएका थिए।

‘उनलाई अलिअलि ज्वरो आएकाे रहेछ, के कारणले मृत्यु भयो भन्ने खुलेको छैन’ पोखरेल भने,‘पोष्टमार्टमका लागि पठाएका छाैँ, त्यसपछि मृत्युकाे कारण खुल्ला।’

प्रकाशित मिति: : 2022-01-27 15:09:00

प्रतिकृया दिनुहोस्