पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा निस्केका छन्।
बिहीबार दिउँसो रुपन्देहीस्थित सुनौली नाका हुँदै स्थलमार्गबाट भारतको गोरखपुर प्रस्थान गरेका पूर्वराजाका प्रमुख संवाद सचिव फणीराज पाठकले बताए।
उनका अनुसार पूर्वराजाले उत्तरप्रदेशस्थित गोरखनाथ मन्दिरमा विशेष पूजाअर्चना गर्ने र खिचडी चढाउँने कार्यक्रम छ। पूर्वराजाले गोरखनाथ मन्दिरमा खिचडी चढाउने प्रचलन छ। सोही परम्परालाई निरन्तरता दिन उनी भारत प्रस्थान गरेका हुन्।
पूर्वराजाले भोलि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने छन्। राजाको पूजा कार्यक्रममा सहभागी हुन आदित्यनाथ गोरखनाथ आउने बताइएको छ।
पाठकका अनुसार गोरखपुर भ्रमणका क्रममा पूर्वराजा शाहले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथसँगसमेत भेटवार्ता गर्नेछन्। गोरखनाथ मन्दिरमा पूर्वराजाले खिचडी चढाउने प्रचलन छ ।
सोही परम्परालाई निरन्तरता दिँदै पूर्वराजा शाह गोरखपुर जान लागेका हुन्। सोही अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ पनि गोरखनाथ आउने बताइएको छ।
पूर्वराजा शाह शनिबार स्वदेश फर्किने कार्यतालिका छ। नेपाल फर्किए लगत्तै उनी भैरहवाबाट पोखरा जाने र त्यहाँ केही दिन बिताएर काठमाडौं फर्किने उनको सचिवालयले जनाएको छ।