पर्वतको कुश्मा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

File photo
File photo

जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएको भन्दै पर्वतको कुश्मा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ।

कुश्मा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले माघ १० गते सोमबारदेखि माघ १६ गते आइतबारसम्मका लागि नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयका सेवासम्म स्थगन गरिएको हो।

कुश्मा नगरपालिका सङ्कट व्यवस्थापन केन्द्रको बैठकबाट उक्त निर्णय गरेको हो। नगरपालिकाले वडा तथा नगरपालिकाको कार्यालयबाट लिनुपर्ने अत्यावश्यक सेवा बाहेक अन्य सेवाका लागि नआउन आग्रह गरेको छ। अत्यावश्यक सेवा लिनका लागि पनि जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ।

 

 

प्रकाशित मिति: : 2022-01-23 20:45:00

प्रतिकृया दिनुहोस्