जुम्लामा भीरबाट लडेर किशोरीको मृत्यु

Symbolic photo
Symbolic photo

जुम्लामा एक किशोरीको भीरबाट लडेर ज्यान गएको छ। जुम्लाको तातोपानी गाउँपालिका-७ बारागाउँ निवासी १८ वर्षीया सविता रावतको लडेर मृत्यु भएको हो। 

उनको आइतबार बिहान मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानकी नर्सिङ निर्देशक सविना थापाका अनुसार  आईसियूमा उचारको क्रममा उनको आइतबार बिहान मृत्यु भएको हो।

भीरबाट लडेर बेहोस अवस्थामा उनलाई शुक्रबार राति प्रतिष्ठानमा पुर्‍याइएको थियो। उनले होस नआएर मृत्यु भएको हो।

मृतकका आफन्त धनसिंह रावतका अनुसार शुक्रबार वनमा जडीबुटी कोर्न गएको समयमा भीरबाट लडेर घाइते भएको बताए। मृतक किशोरी चन्दननाथ नमुना  माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन थिइन्। यता अस्पताल प्रहरीका अनुसार आफन्तले मृतक किशोरीको अन्तिम संस्कार गरिएको बताइएको छ।  दिलमाया शाही

 

प्रकाशित मिति: : 2022-01-23 18:15:00

प्रतिकृया दिनुहोस्