पूर्वगृमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले श्रीमान हिरासतमा भएको बेला आफूमाथि केही मिडियाले 'पुरुषार्थ' देखाएको गुनासाे गरेकी छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो बैङ्क खाताबारे 'मिडिया ट्रायल' गरेर 'पुरुषार्थ' देखाएको गुनासाे गरेकी हुन्।
‘खाता मेरो हो। यति-उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेकाे भए बताइदिन्थे नि! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको 'पुरुषार्थ' अगाडि समाज मुकदर्शक बनेकाेमा झनै आश्चर्यमा छु’, उनले भनेकी छन्, ‘मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो। अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं।’
मिडियाहरूले यति करोड, उति करोड भनेर समाचार लेखेका छन् भन्दै उनले मिडियाले धर्म नछाेडेकाे भए बैंकिङ काराेवारकाे अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने हाेइन र? भन्दै प्रश्न गरेकी छन्।
‘कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछाेडेकाे भए बैंकिङ काराेवारकाे अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने हाेइन र?’, उनले भनेकी छन्, ‘आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु! समाचार लेख्नेमाथि दया लागेर आउँछ।’
निकिताले सामाजिक सञ्जालमार्फत यस्ताे लेखेकी छन्:
आज बिहानै बुवाले फाेनमा हाँस्दै सोध्नु भयो, 'तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ कराेड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति? अलिकति मलाई पनि देऊ न।'
मैले पनि हाँस्दै भने, 'त्यत्राे पैसा भएरै त हाेला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु।'
बुवा-छाेरीकाे कुराकानीकाे सन्दर्भ थियाे, अनुसन्धानमा रहेको विषयमा भएको 'मिडिया ट्रायल'काे।
कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछाेडेकाे भए बैंकिङ काराेवारकाे अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने हाेइन र? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु! समाचार लेख्नेमाथि दया लागेर आउँछ।
खाता मेरो हो। यति-उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेकाे भए बताइदिन्थे नि! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको 'पुरुषार्थ' अगाडि समाज मुकदर्शक बनेकाेमा झनै आश्चर्यमा छु।
मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो। अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं।