पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनमाथि २ करोड १४ लाख बिगो दाबी

Break n Links
Break n Links

पोखरामा रहेको सूर्यदर्शन सहकारीबाट गैरकानुनी रुपमा रकम लिएको भन्दै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनमाथि २ करोड १४ लाख ८ हजार ८४३ रूपैयाँ बिगो माग दाबी गरिएको छ। 

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले कास्की जिल्ला अदालतमा दायर गरेको मुद्धमा उनलाई प्रतिवादी बनाउँदै उक्त बिगो माग गरिएको हो।

उनले सहकारीको बचतकर्ताहरूलाई विश्वस्त दिलाउने, आकर्षक व्याजदरको प्रलोभन देखाउने समेतका कार्यबाट छोटो समयमा ठूलो रकम बचत संकलन गरी गैरकानुनी लाभ लिने गरेको मुद्दामा उल्लेख छ।

साथै, दीपेशले श्रीमती सविना आले मगरलाई सञ्चालक समितिमा राखी आफू अनुकूल बनाउनका लागि सोही अनुसारको सञ्चालक समितिबाट निर्णय गराएको पनि सरकारील वकिल कार्यालयले दायर गरेको मुद्दामा उल्लेख छ। 

यही प्रकरणमा जोडिएका गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक गितेन्द्रबाबु राई, रास्वपा सभापति रवि लामिछाने, तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशी लगायत ६३ जनाविरुद्ध मुद्दा दायर भएको छ।

उनीहरूमाथि सम्पत्ति सुद्धीकरणको पनि मुद्धा दायर भएको छ। 

याे पनि- 

रवि लामिछानेविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता

‘अमला’सँगै तस्करीमा झाँगिएको माओवादी साइनो

प्रकाशित मिति: : 2024-12-22 19:37:00

प्रतिकृया दिनुहोस्