‘गुण्डा नाइके’ विकास फेरि पक्राउ 

Breaknlinks
Breaknlinks

दाङका गुण्डा नाइके भनेर चिनिने विकास फेरि पक्राउ परेका छन्।

घोराही उपमहानगरपालिका १४ निवासी ४० वर्षीय पुनलाई ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा सोमबार काठमाडौंबाट प्रहरीले पक्राउ परेको हो। 

पक्राउ परेका पुनलाई मंगलबार दाङ ल्याइने भएको छ। पुनविरुद्ध नदीजन्य पदार्थको काममा ५० लाख रुपैयाँ ठगी गरेको आरोप रहेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।

उनीविरुद्ध कपिलवस्तुका तिलक थापाले पुस महिनामा ५० लाख रुपैयाँ ठगी गरेको भन्दै मद्दा दर्ता गराएका थिए। पुनविरुद्ध परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ पुर्जी जारी गरेको थियो।

सोही आधारमा सोमबार काठमाडौंबाट पुनलाई प्रहरीले पक्राउ गरेको हो। उनी २०७३ सालमा ज्यान मार्ने उद्योगमा पनि पक्राउ परेका थिए। सोही मुद्दामा दाङ जिल्ला अदालतले पुनलाई ५ वर्ष कैद सजाय तोकेको थियो। 

पछि उनी सर्वोच्चमा अपिल गर्न पुगेका थिए। उक्त मुद्दा हाल विचाराधीन छ। यसभन्दा अघि पनि उनी पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन्।

प्रकाशित मिति: : 2022-01-17 19:48:00

प्रतिकृया दिनुहोस्