टिचिङ अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

File photo
File photo

महाराजगञ्जस्थित टिचिङ अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

चिकित्सक, आवासीय चिकित्सक, नर्स र अन्य कर्मचारी गरेर ६० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डाक्टर दिनेश काफ्लेले जानकारी दिए। 

कोरोना  पोजेटिभ आएका सबै स्वास्थ्यकर्मी होम आइसोलेसनमा रहेको र एक जना भने वार्डमा भर्ना भएको उनले बताए। 


 

प्रकाशित मिति: : 2022-01-13 16:21:00

प्रतिकृया दिनुहोस्