आशिकालाई भेट्न प्रहरी हिरासतमा सुमना, तत्काल रिहा गर्न माग

Break n Links
Break n Links

पूर्वमन्त्री तथा रास्वपा सांसद सुमना श्रेष्ठले प्रहरी हिरासतमा रहेकी सामाजिक अभियान्ता आशिका तामाङसँग भेट गरेकी छन्।

बिहीबार भक्तपुर प्रहरीको हिरासत कक्ष पुगेर उनले आशिकासँग भेट गरेकी हुन्। आशिकालाई प्रहरीले अरु जिल्लामा पनि हिरासतको सयर गराउने तयारी गरेको खुलासा समेत गरिन्।

भेटपछि उनले भनिन्, ‘यो त सरासर ‘हाम्रो विरोध गर्छस्! पख देखाइदिन्छु’ भनेको होइन? यो भन्दा गम्भीर घटना शिक्षालयमा तालबन्दी/तोडफोड गर्ने दल संरक्षितहरूलाई केही नगर्ने, प्राध्यापक कुट्नेलाई विदेश जान दिने, दिनमा फरार रातमा प्रहरीकै कार्यक्रममा सरिक भएको पनि देखेकै हो हामीले।’

उनले प्रहरी ज्यादतीमा गृहमन्त्री रमेश लेखकको पनि समर्थन रहेको दाबी गरिन्। 

उनले भनिन्, ‘गृहमन्त्रीको मौन समर्थन प्रष्ट छ, नत्र प्रहरीले यत्रो ज्यादती गर्ने थिएन। यसरी प्रहरीको गिरफ्तारी गर्नुअघि के उहाँलाई उपमेयरको समक्ष न्यायिक समितिमा लगियो? के उहाँलाई मौखिक चेतावनी दिईयो?’

उनले सरकारले समाजिक सञ्जाल नियन्त्रण गर्ने विधेयक ल्याएकोले अब त्यस स्टाटस लेखेकै भरमा ७७ जिल्लाकै हिरासत घुमाउन सक्ने नियत देखिएको दाबी गरिन्।

उनले आशिकालाई न्याय मिल्नुपर्ने भन्दै तत्काल रिहा गर्न माग गरिन्। गत माघ २ गते अभद्र व्यवहार कसुरमा काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई धरौटीमा रिहा गरेलगत्तै उनलाई फेरि पक्राउ गरेर भक्तपुर प्रहरीको जिम्मा लगाएको थियो।

प्रकाशित मिति: : 2025-01-30 15:44:00

प्रतिकृया दिनुहोस्