आज 'क्रिसमस डे' मनाइँदै

christmasmarketsineurope

नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज 'क्रिसमस डे' मनाउँदैछन्। याे पर्व प्रत्येक वर्ष डिसेम्बर महिनाकाे २५ तारिखका दिन क्रिश्चियन धर्मावलम्बीहरूले मनाउँछन्।

हर्षोल्लासका साथ मनाउने क्रिश्चियनकर्मीहरूले सम्पूर्ण नेपालीमा प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिका लागि प्रार्थना गरेका छन्। प्रभु येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले समस्त नेपालीहरूको कल्याणकाे कामनासहित देशभरका विभिन्न चर्चहरूमा आजै प्रार्थनालगायतका कार्यक्रम गर्नेछन्।

आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रूसमा चढेको विश्वास गरिन्छ। येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ।

काेराेना त्राशकै बीच क्रिसमसकाे अवसरमा उपत्यकास्थित बानेश्वर, ठमेल, बौद्ध, ललितपुर, भक्तपुरलगायत स्थानमा विशेष रौनक छ।

नेपालमा ४ सय वर्षअघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिष्टियन महासंघका अधिकारीहरू दाबी गर्छन्। ०६२–६३ को ऐतिहासिक परिवर्तनपछि 'क्रिसमस डे' पर्वलाई येशुको शुभ जन्मदिवस बनाउने मान्यता दिएको हाे।

'क्रिसमस डे'का अवसरमा सरकारले आज शनिबार सार्वजनिक बिदासमेत दिएको छ।


क्रिसमसको पूर्वसन्ध्यामा रङ्गिएको काठमाण्डू 


प्रकाशित मिति: : 2021-12-25 06:34:00

प्रतिकृया दिनुहोस्