म्यान्मारमा खानी दुर्घटना हुँदा दर्जनाैँ बेपत्ता

बिएल संवाददाता

रंगुन, म्यान्मार
RFA
RFA

उत्तरी म्यान्मारमा एउटा खनिज खानी पुरिँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने ७० जना हराइरहेका छन्।

खानीमा फसेका दर्जनौं मजदुरकाे खोजी भइरहेको छ।

कचिन राज्यको हपकान्त क्षेत्रमा रहेको खानीभित्र मजुदर छिरेपछि ठूलाे पहिरो गएको थियो। खानीमा अधिकांश मजदुर  गैरकानुनी रुपमा खानीभित्र पसेको जनाइएको छ।

पछिल्लो समयमा म्यानमारका खानीमा बारम्बार दुर्घटना हुने गरेका छन्।

प्रकाशित मिति: : 2021-12-22 14:41:00

प्रतिकृया दिनुहोस्