नेवार समुदायले मनाउने 'य:मरि' पुन्हि अर्थात योमरी पूर्णिमा। नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो।
हरेक वर्षको धान्य पूर्णिमाको दिन यो:मरी पूर्णिमा आज मुलुकभर उल्लासका साथ मनाएका छन्।
योःमरी पूर्णिमा काठमाडौंका नेवार समुदायले 'ज्यापू दिवस'को रूपमासमेत मनाउने गर्छन्।
काठमाडौंको बसन्तपुरमा आइतबार नेवार समुदायले यःमरी पुन्हि तथा ज्यापु दिवसको र्याली निकालेर योःमरी पूर्णिमा भव्य रूपमा मनाएका छन्।
मार्ग शुक्ल पूर्णिका दिन मनाइने योःमरी पूर्णिमा नेवारी समुदायले अन्नकी देवी अन्नपूर्णको पूजा गरी मनाउने गर्दछन्।
योमरी पूर्णिमाका दिन नयाँ चामलको पिठोबाट देवता बनाउने र धानको भकारी सँगै राखी पूजा गर्ने चलन रहेको छ। योःमरी पुन्हि नेवारी समुदायमा छुट्टै विशेषता बोकेको पर्व हो।
योःमरी खाने चलनको विकास
नेवारी भाषामा योमरी अर्थात मनपर्ने रोटी। योमरी नयाँ चामलको पिठो र चाकुबाट बनाइन्छ।
निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरख गर्नु ज्यापू संस्कृती हो।
घरमा नयाँ अन्न भित्रिसकेपछि देवतालाई चढाएर मात्र खानुपर्ने नेपालीहरूको पूरानो चलन मानिन्छ।
जाडोको समयमा काम गर्दा शरिर कमजोर रहने र योमरीमा भएको चाकुले शरिरमा ताप पैदा गरी रोगसँग लड्ने क्षमता बढाउने नेवारी समुदायमा विश्वास रहिआएकाे चलन किम्ंदन्तीमा छ।