नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उम्मेदवारी दर्ता गराउनका लागि प्रकाशमान सिंह र सुजाता कोइराला बाजागाजासहित राष्ट्रियसभा गृह पुगेका छन्।
शनिबार उम्मेदवारी घोषणा गरेका उनीहरूले अपरान्ह राष्ट्रियसभा गृहमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
सिंहले सभापति र कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेलगत्तै दुवै जना समर्थकका साथ उम्मेदवारी दर्ता गराउने राष्ट्रियसभा गृह पुगेका हुन्।