राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष हारेपछि कमल थापाले आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका छन्।
अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएपछि उनले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार पाएको गुनासो पोखेका छन्।
थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका हुन्। उनले ट्विटरमा एउटा स्टाटस लेख्दै ‘निर्मल निवासको नांगो हस्तक्षेपको भत्सर्ना’ गरेका छन्। ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु। धन्यवाद ज्ञानेन्द्र वीर विक्रम शाह । उनले आफूले उन्मुक्ति पाएको पनि बताएका छन्।
'सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो। सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्,’ उनले ट्विट गरेका छन्।