परम्परागत डिजाइनमा बन्दै छ गोदावरीको सिंहदरवार [तस्विरहरू]

काठमाडाैँ उपत्यकाकाे दक्षिणी इलाकामा रहेको गोदावरी नगरपालिकाको भवन निर्माण लगभग पूरा भएको छ।

परम्परागत डिजाइनमा निर्माणाधीन भवनमा दुई तला पर्किङ रहेको नगरपालिकाले जानकारी दिएको छ। भवनमा लिफ्ट समेत जडान हुनेछ। बज्रबाराहीको जंगल नजिकै निर्माणाधीन भवन नेवारी संस्कृति झल्कने गरी निर्माण गरिँदै छ।

भवनमा हस्तकलामा आधारित बुट्टेदार झ्याल ढोका र इट्टाको धुलो,चुनलगायत मिसाएर बनाइएको सुर्कीले सझाइएको छ। भवन निर्माणको जिम्मा तुल्सीभक्त/ड्रागन जेभी निर्माण कम्पनीले पाएको थियो। भवनको बजेट २७ करोड ४९ लाख ८९ हजार ७३५ रुपैयाँ भएपनि कम्पनीसँग २१ करोड ४५ लाख ५६ हजार ६१ रुपियाँमा ठेक्का लागेको थियो।

प्रकाशित मिति: : 2021-12-03 05:26:00

प्रतिकृया दिनुहोस्